सातवर्ष पहिले निर्माण सम्पन्न त्रिवेणी बराहामाविको भवन सुटुक्क उद्घाटन ।

सातवर्ष पहिले निर्माण सम्पन्न त्रिवेणी बराहामाविको भवन सुटुक्क उद्घाटन ।

मुग्लिङ : इच्छाकामना गाउँपालिका ५ मुग्लिङमा करिव ७ बर्ष पहिले निर्माण सम्पन्न  त्रिवेणी बराह माध्यामिक विद्यालयको भवन बिशिष्ट अतिथी हरुको उपस्थितिमा सुटुक्क उद्घाटन गरिएको छ ।  भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको २४ कोठाको तीन तले भवनको आज विद्यालयसंग म्बन्धित केही ब्यक्ती बाहेक बोलाउनै पर्नेहरुको उपस्तिथि बिनै सुटुक्क उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ , वडा ५ अध्यक्ष तेज बहादुर सेरचन लगाएत उपस्थित कार्यक्रममा  प्रमुख अतिथि बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठ र विशिष्ट अतिथि भारतीय महावाणिज्यदूत नितेश कुमार थिए भने प्रमुख अतिथी र वशिष्ट  अतिथिले संयुक्त रुपमा भवनको  उद्घाटन गरेका थिए।    विद्यालय ब्यबस्थापन समिती गठन,नक्कली प्रमाणपत्र वितरण लगायत बिबादास्पद गतिविधिको कारण बेला बेलामा चर्चामा आइरहेको त्रिवेणि बराहा माविको भवन सुटुक्क उद्घाटन भएपछी स्थानियले भने  सामाजिक संजालमा आक्रोशसगैँ  संका ब्यक्त गरेका छन।

स्थानिय रामबहादुर लामाले सामाजिक सन्जालमा कमेन्ट गर्दै लेखेका छन।                                                                                          “बिद्यालय भबन बनेको १० बर्षपछि भूमिगत शैलीमा गरिएको उदघाटन समारोहलाई मान्नै पर्दछ। बिद्यालयको जग्गा दाता स्वर्गिय नन्द प्रसाद त्रिपाठीको परिबार, बिद्यालय ब्यबस्थापन समितिका कुनै पनि सदस्यको उपस्थिति बिना, बिद्यालयको बिकासको लागि बिशिष्ट योगदान दिने स्थानीय ब्यक्तित्वहरु, बिद्यालयका प्रथम अध्यक्ष बिष्णु मल्ल ( आँबु खैरेनी निबासी ) , आँबु खैरेनी स्थित सन साईन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल त्रिपुरेश्वरराज त्रिपाठी, मान बहादुर शेरचन, पूर्ब प्रअ धनबहादुर गुरुङ, स्थानीय संघ संस्थाका प्रतिनिधिबिना ( केहि सीमित बढीमा ५ जना थिए होलान गएका मान्छेले भने अनुसार ) यो हतार पतार उदघाटन गर्नुको आबश्यकता र औचित्य मैले त केहि देखिन।”   

विशिष्ट अतिथिको उपस्थितिमा स्थानिय संघ संस्थाका प्रतिनिधि र पत्रकारलाइ समेत छनौट गरि निमन्त्रणा गरिएको कार्यक्रम पस्चात विद्यालयले आफ्नो कमि कमजोरी लुकाउन अतिथी छनौट गरि निमन्त्रणा गरेको आरोप अन्य सामाजिक संजाल प्रयोगकर्ताले पनि लगाएका छन।  तस्वीर: गापा अध्यक्ष दान बहादुर गुरुङको फेसबुक बाट।।