गुडिरहेको ट्रकको पछाडी ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कुरिनटार : चितवनको इच्छाकामनामा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकाना गाउँपालिका ४ स्थित कुरिनटारमा गुडिरहेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाण्डौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुइजना गम्भीर घाइते भइ उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेखको ल्यातीबन्द्रासाइनी नगरपालिका ६ बस्ने बर्ष २५ को सरोज रोकाया र सर्लाहीको ईश्वरपुर १ स्थायी ठेगाना भई हाल काठमाण्डौ महानगरपालिका ११ बस्ने वर्ष ३२ को सरोज माझि रहेको प्रहरीले जनाएको छ । भरतपुर मेडिकलकलेजमा उपचारको क्रममा मोटरसाइकल चालक सरोज रोकाएको विहान ५ः१० बजे मृत्यु भएको र पछाडी सवार सरोज माझिको ५ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।
