विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश

विभिन्न पार्टी परित्याग गरि ५६ जना माओवादी केन्द्रमा प्रवेश

चितवन  :  चितवनमा विभिन्न पार्टी परित्याग गरि ५६ जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका ५६ जना नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ महिला जिल्ला कमिटी चितवनको पाँचौ जिल्ला सम्मेलनको अवसरमा आज सुरोज दर्जीको नेतृत्वमा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनास, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, चितवनका संयोजक रामचन्द्र अधिकारी लगायतका नेताहरुले खादा र रातो टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
चितवनमा माओवादी केन्द्रमा प्रवेशको लहर बढेको छ । केही दिन अघि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संघ जिल्ला उपाध्यक्ष शंकर विश्वकर्मासहित ५० जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।