चितवनमा बन्दको बन्दको सामान्य प्रभाव : ६ वटा गाडी तोडफोड , ५ बन्दकर्ता पक्राउ

चितवनमा बन्दको बन्दको सामान्य प्रभाव :  ६ वटा गाडी तोडफोड , ५ बन्दकर्ता पक्राउ

 

चितवन :  चितवनमा बन्दको अवज्ञा गरेको भन्दै ६ वटा सवारी साधनमा तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको हो ।

तोडफोड गरेको आरोपमा प्रहरीले ५ जना बन्दकर्तालाई पक्राउ गरेको छ भने उनिहरुको साथबाट चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारिले बताए ।

बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पुर्याएका छन् ।

चितवनमा केही सवारी साधन तोडफोड गरेपनी हालसम्म बन्दको सामान्य प्रभाव परेको छ । लामो दुरी, छोटो दुरी लगाएतका सवारी साधनहरु सडकमा गूडीरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै आज बन्द गरेको हो