इच्छाकमना मन्दिरको पुर्ननिर्माण : तीन बर्षमा ७५ प्रतिशत काम

इच्छाकमना मन्दिरको पुर्ननिर्माण :  तीन बर्षमा  ७५ प्रतिशत काम

कुुरिनटार : चितवनको इच्छाकामना ५ मा रहेको ऐतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर पुर्ननिर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । २०७६ असार ७ गते देखि पुर्ननिर्माण सुरु भएको तीन बर्ष बढी बितिसक्दा पनि ७५ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।
कोरोना, आर्थिक अभाव र काठ समयमा उपलब्ध नहुदाँ निर्माणको काम ढिला हुन पुगेको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताउनुभयो । पछिल्लो समय ठेकेदार कम्पनी मार्फत काम हुदाँ पनि ढिला भएको उहाँको भनाई छ ।
सुरुमा समिति मार्फत भएको काम अहिले ठेकेदार मार्फत काम भइरहेको छ । ठेक्का पाएका कम्पनी एन वि एस कन्ट्रक्सनका सुनिल शिल्पकारले अहिले सम्म  ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार अहिले काठको बुट्टा भर्ने मुर्ति निर्माण कार्यहरु भइरहेकोले अन्य काम रोकिएको बताउनुभयो । काठको काम सम्पन्न भए लगतै १० दिनमा निर्माण कार्य सम्पन्न हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाका सव इन्जिनियर भरत गुरुङले पनि काठ समयमै उपलब्ध हँन नसक्दा काम ढिला भएको बताउनु भयो । कार्तिक मसान्त सम्म म्याद थप गरि काम भइरहेको उहाँले बताउनुभयो ।
दशै अघि नै काठका कामहरु, कलात्मक बुट्टा भर्ने,रिटेनिङ वाल लगायतको सम्पन्न भई छाना छाउने कार्य हुने उहाँले बताउनुभयो । उहाँका अनुसार हाल सम्म मन्दिर पुर्ननिर्माणका लागि ठेकेदार मार्फत गरि रु. एक रोड ५० लाख खर्च भइसकेको छ ।
प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोग मन्दिर निर्माण भइरहेको छ । ढुंगा र माटोको गारोले बनाएको धेरै बर्ष पुरानो यस मन्दिर जिर्ण बनेपछि जगैदेखी भत्काएर पुर्ननिर्माण कार्य सुरु गरिएको हो ।
इच्छाकामना मन्दिर मनकामना माइको सात दिदी बहिनी मध्ये एक रहेको किवंदन्ती रहेको छ ।