चितवन क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा इच्छाकामनाका अधिकारी र सिलवाल आंकक्षी

चितवन : मंसिर ४ गते हुने निर्वाचनमा चितवनको इच्छाकामनाबाट नेकपा एमालेका दुई जना आंकक्षी देखिएका छन् । चितवन क्षेत्र २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका युवा नेता प्रकाश अधिकारी र कृष्ण सिलवालले दाबी गर्ने भएका हुन् ।
प्रदेश कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर २ ‘क’का इन्चार्ज समेत रहनुभएका अधिकारीले प्रदेश सभा ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताउनुभयो । अब पालो युवाहरुको भएकाले आफुले पार्टीमा उम्मेद्वारी दाबी गर्ने बताउनुभयो । समाजशास्त्र र राजनितिक शास्त्रमा डिग्री गर्नुभएका अधिकारीले विकास र समृद्धिका लागि युवाहरु अघि आउनुपर्ने बताउनुभयो । निर्वाचन क्षेत्रका अग्रज नेता युवाहरुको आफुप्रतीे सद्भाव रहेको भन्दै अधिकारीले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
यसैबिच कृष्ण सिलवाल पूर्व जनप्रतिनिधि हुनुहुन्छ । हाल नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष रहनुभएका सिलवाल पुर्व साविकको दारेचोक गाविसका निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । प्रष्ट वक्ताको रुपमा परिचित सिलवालले पनि प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ बाटै आफ्नो उम्मेद्वारी दाबी रहने बताउनुभयो ।
यस पटक इच्छाकामनाले प्रदेश सभा सदस्यमा टिकट पाउनुपर्ने नेकपा एमाले इच्छाकामनाको दाबी छ । आंकक्षीहरु मध्येबाट जसले टिकट पाएपनि इच्छाकामनाले यसपटक टिकट पाउनुपर्ने दाबी छ ।
