विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

विजया भवानी मावि मकैसिङमा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न

गोरखा :  विजय भवानी माध्यमिक विद्यालय गण्डकी १ मकैसिङ गोरखामा अन्तर सदनात्मक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । सिर्जनशिल बाल साहित्य उद्यानको आायेजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा तिलिचो सदन प्रथम भएका छन् । यसैबिच से–फोक्सुण्डो सदन र फेवा सदन क्रमश :  द्धितिय र तृतिय भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले शुभकामना मन्तव्य दिदैँ विद्यार्थीका सिर्जनात्मक कार्यको सह्राना गर्दै आगामी सिर्जनात्मक कार्यको शुभकामना दिनुभयो ।

विद्यालयमा नवगठित सिर्जनशिल बाल साहित्य उद्यानले सिर्जनशिल काम गर्दै आएको छ । उक्त साहित्य उद्यानले विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उदेश्यले पल्लवी बुलेटिन (मासिक पत्रिका) प्रकाशन गर्दे आएको पनि विद्यालयका शिक्षक मन बहादुर विकले जानकारी दिनुभयो ।
सिर्जनशिल बाल साहित्य उद्यानका कार्यवाहक अध्यक्ष प्रज्ञान अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । सािहत्य उद्यानका सचिव भूमिका राना र इच्छा गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।