देशभरका चार प्रदेशका अधिकांश भेगमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौ : प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ् सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभरका केही पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार राती प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
