चितवन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो ।
बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।