गोरखाको गण्डकी ६ मा रहेको भैरवी मन्दिरको काम निर्माण ९० प्रतिशत सम्पन्न

गोरखाको गण्डकी ६ मा रहेको भैरवी मन्दिरको  काम निर्माण ९० प्रतिशत सम्पन्न

गोरखा, १२ भदौ । गण्डकी गाउँपालिका ६ स्थित भैरवीटारमा निर्माण भइरहेको भैरवी मन्दिरको काम अन्तिम चरणमा पुगेको छ । हाल सम्म ९० प्रतिशत सम्पन्न भएको हो ।
२०७८ जेठ २३ गते सम्झौता गरि निर्माण गर्न जिम्मा पाएको शासा कन्स्ट्रक्सन प्रा.लि.ले ८८ लाख ३८ हजार ४ सय ८३.७३ पैसामा खोलिएको टेन्डरमा रु. ७४ लाख ६० हजार ८ सय ८३ रुपैया ४५ पैसामा उक्त कम्पनीले ठेक्का पाएको हो । झ्याल, ढोका, टाइल लगाउने काम र रङ्ग रोगन आदिको काम बाँकी रहेको सव इन्जिनियर शेखरबाबु श्रेष्ठले बताउनुभयो पहिलो पटक असोज २५ गते सम्म म्याद थपिएको र तोकिएको म्याद थप समयभित्र निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।
साथै प्रतिक्षालय, महिला र पुरुषका छुट्टा छुट्टै सौचालय निर्माण लगायत पानीको व्यवस्थाका लागि काम भइरहेको छ ।गण्डकी गाउँपालिकाको शुन्दर रमणिय स्थल भैरवीटारको शिरमा अवस्थित यस मन्दिरमा हरेक बर्षको बैशाख पुर्णिमामा पुजा लाग्ने गर्दछ । साथै बलि पनि चढाउने गरिन्छ । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुदैँ आएको यहाँ फुटवल मैदान, पिक्निक स्पट आदिको निर्माण भइरहेको छ ।