पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ –मुग्लिन सडक अवरुद्ध

कुरिनटार : पहिरोका कारण नारायणगढ – मुग्लिन सडक अवरुद्ध बनेको छ । बर्षासगैँ विभिन्न स्थानमा लेदो सहितको पहिरोखसेपछि सडक अवरुद्ध बनेको हो । प्रहरीका अनुसार इच्छाकामना ६ को चारकिलो र भरतपुर २९ स्थित केराबारीमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । सडक विभागसंग समन्वय गरि पहिरो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।