तमोनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँकार्यपालिकाको निर्णय

भुम्लिचोक : गोरखाको गण्डकी गाउँपालिकाले मुख्य सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । पालिकाको शनिबार बसेको गाउँकार्यपालिका बैठकले पालिका केन्द्रबाट प्रवाह हुने सम्पुर्ण सेवा पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडाबाट प्रवाह गर्ने निर्णय भएको पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले जानकारी दिए ।
पालिका केन्द्र अपाहेक ठाउँमा रहदा पालिकावासीले दुख झेल्दै आएको समेत उनले बताए । कार्यपालिकाको सेवा केन्द्र सार्ने निर्णयसंगै अब सम्पुर्ण सेवा प्रवाह पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडबाट हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिले पालिका केन्द्र सार्न असहयोग गरेकाले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न मुख्य सेवा केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधि गाउँसभानै बहिस्कार गर्दै आएका थिए ।
माओवाद केन्द्र वडा नम्बर ६ को वनटारमा पालिकाको केन्द्र सार्न चाहान्छ भन्ने कांग्रेस र एमाले भूम्लिचोक नै हुनुपर्छ भन्ने अडान लिदै आएका छन् ।
पालिका केन्द्रनै सार्ने योजना भए पनि दुईतिहाइ मत नपुग्दा सार्न नसकिएको अध्यक्ष तिमल्सिनाको भनाई छ । प्रयास जारी भने रहेको बताउनुभयो ।
