तमू ह्युल छोँज धीँ चितवनको अध्यक्षमा विमलादेवी गुरुङ निर्वाचित

तमू ह्युल छोँज धीँ चितवनको अध्यक्षमा विमलादेवी गुरुङ निर्वाचित

चितवन :  तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनको अध्यक्षमा विमलादेवी गुरुङ निर्वाचित भएकी छन्। परिषद्को शनिबार राति सम्पन्न चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा ४६ मतसहित उनी निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी शिवकमल गुरुङले भने जम्मा १३ मत प्राप्त गरे। आगामी तीन वर्षे कार्यकालको लागि चुनिएको नयाँ नेतृत्वमा सर्वसम्मत गर्ने प्रयास गरिए पनि सहमतिमा आउन नसकेपछि दुई जनाबीच मतदान गराइएको थियो। अध्यक्ष पदमा मात्रै तीन जनाले उमेदवारी दर्ता गरेकामा नारायणसिंह गुरुङले उमेदवारी फिर्ता गरेपछि दुई जनाबीच प्रतिष्पर्धा भएको हो। निर्वाचन अधिकृत खड्गबहादुर गुरुङका अनुसार ११८ मतदाता रहेको ह्युल छोँज धीँको मतदानमा ५९ मत खसेको थियो।