रन्जन कोइरालको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

रन्जन कोइरालको फैसलाबारे चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

काठमाडौं :  सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाविरुद्धको फैसलामा आफूले गल्ती गरेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले स्वीकारेका छन् ।

महाभियोग सिफारिस समितिको बयानका क्रममा उनले नाबालकहरूको पालनपोषणका लागि स्वविवेक प्रयोग गरेको बताएका हुन्।

उनले भने, ‘उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ तर त्यसमा मेरो गल्ती भएको म स्वीकार गर्छु। जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ।’

कोइरालाविरुछको फैसलालाई आधार मानेर महाभियोग लगाएको भए आफूले स्वीकार गर्ने बताए।