चितवन २ बाट कांग्रेसका जीतनारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारीस

चितवन : मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ नेपाली कांग्रेस चितवनका निवर्तमान सभापती जीतनारायण श्रेष्ठको नाम पहिलो नम्बरमै सिफारीस भएको छ । नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समितिले आइतबार श्रेष्ठको नाम पहिलो नम्बरमै सिफरिस गरेको हो ।
युवा नेता एवं प्रखर वक्ता श्रेष्ठ सहित क्षेत्रीय समितिले अन्य ४ नेताको नाम पनि सिफारिस गरेको छ । जसमा वर्तमान सभापति राजेश्वर खनालको नाम दोस्रो नम्बरमा छ भने राज्यमन्त्री उमेश श्रेष्ठको नाम तेस्रो नम्बरमा सिफारिस भएको छ ।
चौथो र पाँचौ नम्बरमा क्रमशः प्रकाश अधिकारी र राजन कार्की छन । सबैको आवेदनका बिच श्रेष्ठलाई उच्च प्रथामिकतामा राखेर नाम सिफारीस गरिएको क्षेत्रीय सचिब निर्मलकुमार रानाले जानकारी दिए ।
