मनकामना केबलकार भदौ २५ गतेदेखी सञ्चालनमा आउने

मनकामना केबलकार भदौ २५ गतेदेखी सञ्चालनमा आउने

गोरखा ,२० भदौ । मनकामना केबलकार यही शनिबारदेखी सञ्चालनमा आउने भएको छ । मर्मतको काम सातादिन अगाडी नै सम्पन्न भएको भन्दै भाद्र २५ गते शनिबारदेखी केबलकार सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।
एनालग प्रविधिमा सञ्चालनमा रहेको मनकामना केबलकार डिजिटल प्रणालीमा लान ६ साता बन्द गरेर मर्मत गरिएको थियो । नियमित कार्यतालिका अनुसार असोज १ वा २ गते सञ्चालनमा आउने भएता पनि काम चाडैँ नै सकिएकोले त्यस अगावै सञ्चालनमा ल्याउन लागिएको नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो ।

साउन २३ गतेदेखि बन्द गरेर अष्ट्रेलियाबाट आएका प्राविधिकहरुले काम गरेका थिए । काम सम्पन्न भएकोले भाद्र २५ गते शनिबारदेखी सञ्चालनमा ल्याउन लागिको केबलकार प्रशासनले जनाएको छ ।

सञ्चालनको २ दशक पार गरेको केबुलकारले मुख्य उत्पादक कम्पनीले विश्व बजारमा एनालग प्रविधि हटाउदै डिजिटल प्रविधि ल्याएकोले सोही अनुसार मनकामना केबलकारलाई पनि परिवर्तन गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

केबलकार डिजिटल प्राविधिमा जान यो दोस्रो चरणको मर्मत कार्य सम्पन्न भएको हो । अब अन्तिम चरण काम बाँकी भएकोले सन २०२३ भित्रै मनकामना केबलकार डिजिटल प्रविधीमा सञ्चालनमा आउने जनाएको छ ।