जल जमिन र जनतासंग परिचित युवा नेता सभापति राजेश्वर खनालको नाम चितवन क्षेत्र नम्बर २ बाट सिफारिस

जल जमिन र जनतासंग परिचित युवा नेता सभापति राजेश्वर खनालको नाम चितवन क्षेत्र नम्बर २ बाट सिफारिस

चितवन :  आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर २ मा प्रतक्ष्य तर्फ कांग्रेसभित्र कसले टिकट प्राप्त गर्छ भन्ने यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतक्ष्य तर्फ सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ,राज्यमन्त्री उमेश श्रेष्ठ प्रकाश अधिकारी र राजन कार्कीको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस २ नम्बर क्षेत्रिय समितिले प्रभावशाली पाँच जनाको नाम सिफारिस गरेका हुन् ।
जल जमिन र जनतासंग परिचित युवा नेता सभापति राजेश्वर खनालको  नाम क्षेत्र नम्बर २ बाट सिफारिस गरिएको हो । सभापति राजेश्वर खनाल टिकट पाउने प्रवल सम्भावना भएका आकंक्षी हुन् । खनाल युवा, गतिशिल र वैचारिक नेता हुन् । चितवनको सबै क्षेत्र दुर्गम चेपाङ बस्तीका समुदायलाई माया गर्दै खुशी दिएर आएका खनाल कार्यकर्ता तथा जनता माझ लोकप्रिय छन् । खनाल सबै पक्षलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने नेता हुन् ।
सभापति खनालको राजनिति यात्रा २०४१ सालबाट सुरु भएको हो । तनहुँ जिल्लाको चन्द्रावती मावि नेपाल विद्यार्थी संघको सदस्य लिएसँगै उनको राजनीतिक यात्रा सुरु भएको हो ।विद्यालय शिक्षा लिने क्रमसँगै नेविसंघ स्कुल अध्यक्ष र तनहुँ नेवि संघ सदस्य हुँदै २०४४ सालमा वीरेन्द्र वहुमुखी क्याम्पस चितवनमा विज्ञान संकायमा भर्ना भएर नेविसंघ क्याम्पस एकाइको उपाध्यक्ष बने ।
तनहुँबाट आफ्नो राजनीतिक यात्रा पुनः चितवनमा प्रारम्भ गरेका खनालले २०४९ को स्ववियू निर्वाचनमा वीरेन्द्र वहुमुखी क्याम्पसमा सचिव , २०५१ सालमा सभापति निर्वाचित र २०५३ सालमा केन्द्रीय सदस्य भई नेवि संघको संगठनलाई अब्बल बनाउने एक सफल नेतृत्व कर्ता बने खनाल ।
नेपालगञ्ज महासमिति बैठकबाट पुनः स्थापित नेपाल तरुण दल चितवनको २०५५ सालमा सचिव र २०५९ सालमा सभापति भई नेपाली कांग्रेस चितवनको संगठन निर्माणको एक कुशल संगठनकर्ताको रुपमा खनालले पहिचान बनाए । २०४२ सालको सत्याग्रहमा तनहूँबाट, २०४६ सालको जन आन्दोलनमा चितवन र २०६२–६३ सालको लोकतान्त्रिक आन्दोलनमा काठमाडौँ गरी कुल आठ पटक प्रहरी हिरासतमा बसेका थिए खनाल । नेविसंघको नेतृत्वमा रहँदा नेवि संघको र तरुण दलमा रहँदा कांग्रेस फलाउन सक्ने एक परिपक्व संगठनकर्ता थिए उनी ।
सभापति खनाल १३ औँ महधिवेशनमा चितवन साविक क्षेत्र नं. ३ बाट सर्वोच्च मत सहित महासमिति सदस्यमा निर्वाचित भएका थिए । राजनीति जस्तै शिक्षा र समाजसेवामा पनि समान क्रियाशील राजेश्वर खनाल अर्थशास्त्र विषयमा एम.ए तथा गणित विषयमा बीएड गरेका छन् । उनले केही वर्ष मैयादेवी कन्या क्याम्पसमा अर्थशास्त्र विषय प्राध्यापन पनि गर्दै आएका थिए । करिब १६ वर्षको शैक्षिक अनुभवको क्रममा उनी चितवनको प्रतिष्ठित नारायणी ई. पब्लिक स्कुल तथा भरतपुर भ्याली कलेजको अध्यक्षसँगै हिसानको केन्द्रीय सदस्य भए ।
सामाजिक क्षेत्रमा रेडक्रस, रोटरी, भ्रष्टाचार विरुद्ध अभियान, क्षयरोग, परिवार नियोजन संघ, मितेरी फाउण्डेसन, नारायणी विकास समाज, गौं संरक्षण केन्द्र, प्रजातान्त्रिक विचार समाज, मैयाँदवी कन्या कलेजजस्ता संस्थाहरूमा आबद्ध भएका खनाल चितवनमा प्रभावशाली नेताको रुपमा आफ्नो छबी उच्च बनाएका छन् ।