नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट

नवौँ राष्ट्रिय खेलकुदका लागि तेक्वान्दो खेलमा इच्छाकामनाकी सुप्रिका गुरुङसहित चितवनका ३ जना छनौट

कुरिनटार : चितवनको इच्छाकामना ५ मुग्लिनकी सुप्रिका गुरुङ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलमा छनौट हुन सफल भएकी छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तेक्वान्दो खेलको बागमती प्रदेश छनौट प्रतियोगितामा उनि छनौटमा परेकी हुन् । सुप्रिकासहित चितवनबाट तेक्वान्दोमा तीन खेलाडीहरू छनौटमा परेका छन् । ५८ केजिमा रुमित राउत, ६३ केजिमा अभिशेक गिरी र महिला ७२ केजिमा सुप्रिका गुरुङले प्रथम स्थान हासिल गरि छनौट हुन सफल भएको हो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गते देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुनेछ।