इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालको सरुवा, जगत प्रसाद भुषाल आउने

कुरिनटार :  इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्यालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि गरेको ३ दर्जन भन्दा बढि शाखा अधिकृतहरुको सरुवा अन्तर्गत बस्यालको पनि सरुवा भएको हो।

प्रमुख प्रशासकिय अधिकृत बस्यालको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्विनी वा मातहतको कार्यालयमा रहने गरि सरुवा भएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा जगत प्रसाद भुषाल आउने भएका छन्। भुषाल कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयबाट सरुवा भै इच्छाकामना आउन लागेका हुन्।