हाइवे जनता केयर हस्पिटलको आयोजनामा कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर हुने

कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ । हाइवे जनता केयर हस्पिटल प्रा.लि कुरिनटारले यही भदौ २९ गते बुधबार स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।
हस्पिटलले आफ्नो सेवा शुभारम्भको अवसरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क स्वास्थ्य जाँच गरिने भएको हो ।
उक्त दिन एक्सरे, भिडियो एक्सरे तथा ल्याब जाँचमा ४० प्रतिशत छुटको व्यवस्था भएको पनि हस्पिटलले जनाएको छ ।
शिविर हुने मिति :- २०७९ भदौ २९ गते बुधबार
स्थान :- हाइवे जनता केयर हस्पिटलको प्रांगण इच्छाकमना ४ कुरिनटार चितवन ।
समय :- विहान ११ बजेदेखि
