स्वच्छ छवि भएका नेता जोशीको चितवन क्षेत्र नम्बर २ (ख)मा उमेद्वारी दाबी

चितवन : सामाजीक मुद्धाहरुमा आँफुलाई खरो उतार्दै आउनु भएका नेपाली काँग्रेसका नेता उत्तम जोशी यही मंसिर ४ गते हुने आम निर्बाचनमा चितवन क्षेत्र नम्बर २ ९ख०बाट प्रदेश सभा उम्मेदवार दाबी गर्नुभएको छ । समाजमा हुने बिकृतिका बिरुद्ध आँफुलाई उभ्याउँदै आउनु भएका जोशी नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा आँफुलाई जिल्ला सभापतिको रुपमा उभ्याउनु भएको थियो ।
जिल्लामा हुने गरेका बिकास निर्माण देखि सामाजिक काममा आँफुलाई अग्र पंङ्तिमा उभ्याउन सफल बन्नुभएका जोशी युवा पङ्गितमा निकै चर्चामा रहेको नाम हो ।
शालीन, सादगी, मृदुभाषी र सबै बीचमा लोकप्रिय नेताको रुपमा परिचित जोशीले प्रदेश सभामा आँफुलाई दाबी गर्दै गर्दा जनताको काममा पनि उत्तिकै चासो दिदै आउनुभएको छ । स्थानीय सरकारले गरेका बिकास निर्माण र अन्य कामहरुमा चासोको रुपमा हेर्दै आउनु भएका जोशी भरतपुर महानगरपालिका वडा नम्बर १० निबासी हुनुहुन्छ ।
सभापतिका उम्मेदवारी दिएका नेताहरु पार्टीको महत्वपुर्ण पदमा रहेकोले पनि आफूले आगामी निर्वाचनका लागि अवसर पाउनु पर्ने उहाँको तर्क छ । चितवनको माटोमा उत्तिकै भिजेको र पार्टीमा गरेको योगदानका आधारमा पनि आँफुले पार्टीबाट टिकट दिने कुरामा विश्वस्त रहेको उहाँको भनाई छ ।
आफू कांँग्रेसजन र नागरिक माझ लोकप्रियको साथै हालसम्म पार्टीको तर्फबाट कुनै आधिकारिक जिम्मेवारी नपाएकोले पनि उहाँले आफूले प्रदेश निर्वाचनमा आफूले यस पटक पार्टीले न्याय पाउने कुरामा विश्वस्त हुनुहुन्छ ।
उहाँले पार्टीले टिकट र जिम्मेवारी दिएको खण्डमा क्षेत्र नम्बर २ मा लोकप्रिय मतका साथ चुनाव जित्ने दाबी गर्छन । आफू अहिले पार्टीका शिर्षस्थ नेताको भेटघाटको क्रममा काठमाडौं रहेको र चुनावको तयारीको क्रममा रहेको उहाँले बताउनुभयो । म पार्टीले टिकट दिए चुनाव लड्छु उहाँले भन्नुभयो “प्रदेशमा या अन्य कुनै क्षेत्रमा दिएपनि म चुनाव लड्न तयार छु ।”
२०४८ सालदेखि नै ने। बि। संघको राजनैतिक जीवनमा होमिएका जोशी ने। बि। संघको ईतिहासमा बाल कुमारी कलेजको सभापति, चितवन जिल्ला सभापति र केन्द्रीय सदस्यसम्म बन्नुभएको छ । त्यस्तै नेपाली काङ्ग्रेसको पार्टीको वडा तहको सभापतिदेखि क्रमशः जिल्ला सचिब हुँदै हालै सम्पन्न १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै चितवन जिल्ला सभापतिको प्रत्यासी उमेदवारको रुपमा आफूलाई उभ्याईसक्नुभएको छ ।
यसको साथसाथै उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै टोल सुधार समितिको अध्यक्षदेखि लिएर २००६ मा नेपाल जेसिसको भरतपुर शाखा अध्यक्ष, २०११ मा राश्टृय उपाध्यक्ष लगायत नेपाल रेडक्रस सोसाइटी भरतपुर शाखा सदस्य र आजिवन सदस्य, क्षयरोग निवारण संघ आजीवन सदस्य, क्यान्सर समाजमा आजिवन सदस्य समेत रही काम गरीसक्नुभएको छ ।
त्यस्तै समाज सुधारतर्फ कोरोनाकालमा भएको भरतपुर महानगर पालिकामा भएको भ्रस्ट्रचारको बिरोध गर्ने, स्थानीय तथा प्रदेश सरकारबाट भएका अनावश्यक कर वृद्धिको बिरोध अभियानहरू सञ्चालन गर्दै आउनुभएको छ ।
