बालदिवसमा विद्यार्थीहरुको लागि पुरस्कार वितरण ।

कुरिनटार- सृजनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी खनालले बालदिवसको अवसरमा विद्यार्थीहरुको लागि पुरस्कार सौजन्य गरि वितरण गरिदिएका छन्। पुडासैनिले बालदिवसको अवसरमा इच्छाकामना ५ पामडाडामा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि पुरस्कार सौजन्य गरि वितरण गरिदिएका हुन्।
नेपाली काँग्रेसका चितवन जिल्ला सदस्य, मेचीमहाकाली बुहारी संयुक्त आवाजको जिल्ला सदस्य एवं सामाजिक अभियन्ता पुडासैनीले उक्त विद्यालयको त्रैमासिक परीक्षाको नतिजा अनुसार ७० जना विद्यार्थीहरुलाई पुरस्कार सौजन्य गरिदिएका हुन्।
