इच्छाकामना ३ सडकमा २० बर्षिय युवतिको लास फेला।

इच्छाकामना ३ सडकमा २० बर्षिय युवतिको लास फेला।

कुरिनटार- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार नजिक चिचुवा पहिरोमा एक महिलाको शव फेला परेको छ । राजमार्ग सडकको छेउमा आज बिहान २ बजेको समयमा हाल पहिचान नखुलेको अन्दाजी  २० वर्षीय युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन  । रातको समयमा गाडीबाट खसेको वा पैदल हिड्दा  गाडिले ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।