समाजसेवी टंकनाथ पौडेललाई समाजसेवा रत्न पदक

समाजसेवी टंकनाथ पौडेललाई समाजसेवा रत्न पदक

चितवन : समाजसेवा रत्न पदकबाट वरिष्ठ समाजसेवी टंकनाथ पौडेल विभूषित हुनु भएको छ । संविधान दिवस २०७९ का अवसरमा समाजसेवा रत्न पदक बाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट चितवनका बरिष्ठ समाजसेवी पौडेललाई विभूषित गरिएको हो । विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न विधाका व्यक्तिहरुमध्ये यो विभूषणबाट पौडेल छनौटमा पर्नुभएको हो ।

पौडेल यो पदक पाउने चितवनकै पहिलो व्यक्तित्व हुनुहुन्छ । पौडेलले यसअघि पनि विभिन्न पदक, मानवीबाट विभूषित हुंँदै आउनु भएको छ । दुईबर्षअघि मात्र भारतको नयांँ दिल्लीबाट राजीव गान्धी अवार्ड, प्रथम राष्ट्रपति रामवरण यादवबाट दुई पटक र राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई पटक सम्मान गरिसक्नु भएको छ ।

साथै नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाले पनि उहाँलाई सभापति रहँदाको अवस्थामा सम्मान गरिसक्नु भएको छ । उहांँ मैयादेवि कन्या कलेज भरतपुरका अध्यक्ष , देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष वागेश्वरी अध्यात्मिक परिषद का पूर्व अध्यक्ष भएर समाजसेवा अघि बढ्दै जानु भएको छ ।

सेवाही परमोधर्म का अनुयायी पौडेल नेपाली कांँग्रसको राजनीतिमा उत्तिकै सक्रिय, निष्ठावान,इमान्दारिताका साथै उदाउंँदो युवाको रुपमा परिचित हुनुुहुन्छ ।