मुग्लिन बजारमा ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा साह्यता कक्षा स्थापना

मुग्लिन : सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रु हरुका गुनासा सुन्नको लागि जिल्ला ट्राफिक कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
जिल्लाको पहिलो नाकाको रुपमा रहेको मुग्लिनमा जिल्ला ट्राफिक कार्यालय चितवनले नागरिक सहायता कक्ष सुरु गरेको हो । बिजया दशमी, शुभदिपावली र छठपर्वलाई लक्षित गरेर जिल्ला चितवन ईच्छाकामना ५ मुग्लिन बजारमा सुरु नागरिक सहायता कक्षले यात्रुहरुलाई सहज हुने कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले जानकारी दिनुभयो ।
उहाँले यात्रु सहायता कक्षको माध्यम बाट सवारी र यात्रुहरुक गुनासो तत्काल समाधान हुने र सवारी दुर्घटना कम हुने बताउनुभयो ।
साथै सवारी दुर्घटना न्यूनीकरण गर्न नागारिक प्रहरी जनप्रतिनिधि सबै जिम्मेवार भएर लाग्नु पर्ने अधिकारीको भनाइ थियो । दशैँ तिहार जस्तो ठुलो चाडको बेलामा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नलाई सहायता कक्षले सहयोग पुराउने विश्वास लिएको छ ।
