लागुऔषध सहित इच्छाकामना र आबुँखैरेनीका ३ जना पक्राउ

आँबुखैरेनी ,५ असोज । तनहुँमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । आज विहान ६ ः २० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वीराजमार्ग सडक– खण्डमा रहेको अस्थाई प्रहरी चेकपोष्ट मुग्लिन पुलजीपको चेकपोष्टमा काँकडभिट्टा बाट पोखरा तर्फ आउदै गरेको मे १ ख ३१९५ न.को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार चितवनको ईच्छाकामना ५ घर भएका वर्ष २९ को अतित गुरुङ, तनहुँको आँबुखैरेनी ४ का वर्ष ३५ की जग माया गुरुङ र सोही ठाउँका वर्ष १९ की सुस्मिता गुरुङलाई लागु औषधसहित पक्राउ गरेका हुन् । प्लाष्टिकको बोरा तथा झोलाहरु भित्र उक्त बसको सिट मुनि तथा अन्य ठाँउहरुमा प्रतिबन्धित लागुऔषध गाँजा जम्मा २२ किलो १८५ ग्राम लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा बरामद गरी उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ । उनिहरुलाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा चार दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
