तमू समाज शरदपुरको अध्यक्षमा पुनः सन्तलालको नेतृत्व

तमू समाज शरदपुरको अध्यक्षमा पुनः सन्तलालको नेतृत्व

चितवन :  पञ्चशील तमू समाज भरतपुर–९ शरदपुरको सातौँ अधिवेशन तथा १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सन्तलाल गुरूङको अध्यक्षतामा एवं भूमिदाता मनसुबा गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य हिमाल गुरूङले कम समयमा धेरै प्रगतिका साथ संस्थाको एकता उदाहरणीय रहेको बताउनुभयो ।

अधिवेशनले सर्वसम्मतिबाट तेस्रो कार्यकालको लागि पुनः सन्तलाल गुरूङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरेको छ । उपाध्यक्षमा मनबहादुर गुरूङ, सचिवमा अमर गुरूङ, सहसचिवमा रेखा गुरूङ, कोषाध्यक्षमा सुबेदार पूर्णबहादुर गुरूङ, सदस्यहरुमा दुर्गबहादुर गुरूङ, बुद्धराज गुरूङ, राज घले, रामबहादुर गुरूङ, सिकिन्द्र गुरूङ, धनबहादुर गुरूङ, बबिता गुरूङ, पूजा गुरूङ र हिरा गुरूङ रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सन्तलाल गुरूङले तेस्रो पटक पनि आफूलाई जिम्मेवारी दिइएकोमा संस्थाले आफूप्रति राखेको विश्वासलाई थप मेहनतका साथ कामगरी संस्थालाई अझै उचाइमा पु¥याउने बताउनुभयो । उहाँले संस्थाले सञ्चालन गरेको कोषलाई सहकारीमा रुपान्तरण गर्ने बताउनुभयो ।