शहीद लखन गाउँपालिकाले डेंगी तथा स्क्र्रब टाइफस रोगको निशुल्क परीक्षणको व्यवस्था

गोेरखा : शहीद लखन गाउँपालिकाले डेंगी तथा स्क्र्रब टाइफस निशुल्क परीक्षणको व्यवस्था गरेको छ । गाउँपालिकाले देशभरी फैलिरहेको डेंगीको महामारी न्युनिकरणका लागि गाउँपालिका भित्रका बिभिन्न ३ वटा स्वास्थ्य चौकीहरुमा डेंगी तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
पालिकाका नागरिकहरु स्वास्थ्य सुरक्षालाई मध्ये नजर गर्दै गाउँपालिकाले वडा नम्बर १ स्थित बक्राङ स्वास्थ्य चौकी, वडा नम्बर ७ स्थित बुङकोट स्वास्थ्य चौकी र वडा नम्बर ६ स्थित धैरुङ स्वास्थ्य चौकीमा निशुल्क डेंगी तथा स्क्र्रब टाइफसको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
‘डेंगी तथा स्क्र्रब टाइफसका लक्षणसंग मिल्दो जुल्दो लक्षण देखिएका सवै गाउँपालिकाबासीहरुले आफुलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य परीक्षण गर्न सक्नेछन्, गाउँपालिका अध्यक्ष थापामगरले भन्नुभयो, ‘रोगको संक्रमण फैलन नदिन पनि पालिकाबासीहरु सचेत भएर लाग्नुपर्छ, हामी सवैको पहल र प्रयत्नमा मात्र यस्ता खालका महामारीलाई न्युनिकरण गर्नसक्छौ ।’ अध्यक्ष थापामगरले डेंगी तथा स्क्र्रब टाइफसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्न, लामो बाहुला भएको कपडा प्रयोग गर्न, झुल प्रयोग गर्न तथा कुलरहरुमा नियमित पानी बदली गरेर प्रयोग गर्न पनि अनुरोध गर्नुभएको छ ।
त्यस्तै घर वरपर पानी जम्ने टायरहरु नराख्न, सकभर खुल्ला चउरमा नबस्न पनि गाउँपालिकाले भनेको छ । गोरखामा पछिल्लो पटक डेंगी र स्क्र्रब टाइफसका संक्रमण बढ्दै गएपछि गाउँपालिकाले समयमा सचेत रहन समेत अनुरोध गरेको छ
