मकवानपुर बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ७ पुगेको छ।६ जनाको घटना स्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
दुर्घटनामा २४ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ ख ७८५८ नम्वरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो। ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ।
घाइतेहरुको हेटौंडा र काठमाडौंका अस्पतालहरूमा उपचार भइरहेको छ।
