भण्डारा प्रहरीद्वारा तीन सय किलो लागुऔषध गाँजासहित ट्रक बरामद

भण्डारा प्रहरीद्वारा तीन सय किलो लागुऔषध गाँजासहित ट्रक बरामद

चितवन   : चितवनमा तीन सय (३००)किलो लागुऔषध गाँजासहित ट्रक बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका ५ भण्डारा चोक स्थित ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा पुर्वबाट पश्चिम तर्फ गई रहेको  UP78BT 8570  नम्बरको ईन्डियन डिब्बा ट्रकमा गाँजा ३०० किलो बरामद गरेका हुन् । ट्रकका चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ट्रक र गाँजा ईलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।