शिक्षक भविश्वर गुरुङलाई शिक्षक सेवा आयोगले गरेको कारबाही कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

शिक्षक भविश्वर गुरुङलाई शिक्षक सेवा आयोगले गरेको कारबाही कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

चितवन :  शिक्षक भविश्वर गुरुङलाई दुई बर्ष सम्म कुनै पनि शिक्षक सेवा आयोगको परिक्षामा सहभागी हुन नपाउने भनि गरेको कारबाहीलाई  कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । शिक्षक सेवा आयोगको निर्णय विचाराधिन देखिएको भन्दै कार्यान्वयन नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनको  आदेश

No photo description available.
शिक्षक सेवा आयोगले माध्यमिक तहको अंग्रेजी विषयको सामान्य परिक्षामा फेल भए पनि शिक्षक गुरुङ लिखित परिक्षामा सहभागी भएको भन्दै दुई बर्ष सम्म शिक्षक सेवा आयोगको कुनै पनि परिक्षामा सहभागी हुन नपाउने गरि कारवाही गरेका थिए ।

समान्य परिक्षामा फेल भएको भने पनि आयोगले प्रवेश पत्र उपलब्ध गराएका थिए । शिक्षक गुरुङ सोही अधारमा परिक्षामा सहभागी भएका थिए । आफु निर्दोष रहेको भन्दै शिक्षक गुरुङले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

प्रवेशपत्र

No photo description available.