बेनीघाट रोराङको ताकथली स्थित जंगबहादुर चेपाङको घरमा आगलागी

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताकथली निवासी जंगबहादुर चेपाङको घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेका छन् ।आगलागीबाट घरमा रहेको मकै, चामल, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ताकपडा सम्पुर्ण जलेर नष्ट भएको स्थानीय शिक्षक नबिन्द्र चेपाङले जानकारी दिनुभयो ।
बच्चाहरुले मकैको खोष्टामा आगो सल्काउदाँ आगलागी भएको बताईएको छ ।
