गोरखाको गण्डकी गाउँपालिकामा गोलभेँडामा भाइरस लाखौंको क्षती किसान मर्कामा।

गोरखाको गण्डकी गाउँपालिकामा गोलभेँडामा भाइरस लाखौंको क्षती किसान मर्कामा।

रविकिरण रेग्मी                                                          घ्याल्चोक – अघिल्ला बर्षहरु यहि समयमा गोलभेँडा पाकेर रातामै हुन्थे गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ स्थित इर्लुङ र स्वाँराका बारिहरुमा, किसानलाई घरमा भेटन मुस्किल हुन्थ्यो, २ दिन बिराई एक घरले करिब ३० हजार आम्दानी गर्थे तर यो बर्ष भन्ने इर्लुङ र स्वाँराका किसानले लगाएको गोलभेँडामा भाइरसले क्षती पुर्‍याएको छ, अधिकांश बारिहरु बाँझो रहेका छन । किसानले १८० रोपनीजग्गामा लगाएको गोलभेँडा र सिमिमा भाइरसले पुर्णरुपमा क्षती पुर्‍याएको हो ।
किसानले दशैँ, तिहारलाई लक्षित गर्दै लगाएको तरकारी खेतीमा भाइरसले क्षती गरेपछी चाड पर्व कसरी मनाउने, परिवार कसरी पाल्ने भन्दै चिन्ता व्यक्त गरेका छ्न ।
स्थानिय किसान मोहन गुरुङले आफ्नो २० रोपनी जग्गामा लगाएको गोलभेँडा भाइरसले क्षती पुर्‍याएको बताए । आफुहरुले तरकारी खेती गरेर नै जिविका पार्जन, छोरा छोरी पढाउने गर्ने गरेको तर अहिले भाइरसले तरकारी खेतीमा पुर्णरुपमा क्षती पुर्‍याएपछि घर गुजारा गर्न समस्या भएको उनले बताए । ूभाइरसले हो कि, कुनै जीवाणुले हो कि, माटो बिगृएको हो कि स्थानीय सरकारले माटो परिक्षण गर्दे हुन्थ्यो र दशैँ, तिहार जस्ता चाडवाड मनाउँन समस्या हुने भएकोले केही राहतको व्यवस्था गर्दे हुन्थ्यो।ू उनले भन्ने ।

त्यस्तै अर्का किसान सोम बहादुर गुरुङले पहिलो पटक लगाएको गोलभेँडा पुर्णरुपमा भाइरसले क्षति गरेपछी दोस्रो पटक लगाउँदा पनि पुनस् क्षती नै भएको बताए । गोलभेँडा खेती गरेर गत बर्ष जनकल्याण ताजा तरकारी सहकारीबाट सबै भन्दा धेरै आम्दानी गरि पहिलो स्थान हासिल गरेका गुरुङले यस वर्ष भाइरसले गर्दा बिउबिजन, मल, विषादीको पैसा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए । ू ५० हजार रुपैयाँको बिउबिजन, मल, विषादीमा खर्च भैसकेको हुदा गाउँपालिका, विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरिदिए हुन्थ्यो ।ू उनले भन्ने ।

यस्तै समस्या यहाँका अन्य परिवारमा पनि रहेको छ । २० घरधुरी रहेको इर्लुङ र स्वाँरा गाउँको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । गोलभेँडामा लागेको भाईरसबाट स्थानियले करिब १ करोडभन्दा धेरैको क्षती भएको बताएका छ्न । यहाँ गोलभेँडा खेति गरेको २५ बर्ष भन्दाबढि भएको तर यस्तो सखापै पारेको चै पहिलो घटना भएको स्थानियले बताए ।

गोलभेँडा खेतिको निरिक्षण गर्दै जिल्ला कृषि ज्ञान केन्द्र गोरखाका बालिसंरक्षण अधिकृत बासु पौडेलका अनुसार गोलभेँडामा लिक्वल भाइरस देखिएको बताए । उनले संक्रमण तिव्र देखिएको बताए ।

गण्डकी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तुलसी रेग्मीले क्षती भएको गोलभेँडा खेतिको निरिक्षण गर्दै १८० रोपनी जग्गामा लगाएको तरकारी खेति भाइरसले क्षती पुर्‍याएको बताए । गाउँपालिका, जिल्ला कृषि ज्ञान केन्द्र र प्रदेशसंग समन्वय गरेर किसानलाई क्षतिको केही राहत दिन लाइपरेको उनले बताए । विज्ञ ल्याएर त्यहाँको माटो परिक्षण गर्न र किसानलाई केही राहत दिन गाउँपालिकासंग उनले माग गरेका छ्न ।