बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई राहत प्रदान

बेनिघाट रोराङ गाउँपालिकाद्वारा अग्निपिडित चेपाङलाई  राहत प्रदान

धादिङ  :  बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले वडा नम्बर १० का आगलागी पिडित जंगबहादुर चेपाङलाई आपतकालिन राहात स्वरुप नगद १५ हजार प्रदान गरेका छन् ।

शनिबार दिउँसो जंगबहादुरको घरमा आगलागी हुँदा घरमा रहेको मकै, चामल लगायतका खाद्यान्न, ४ जनाको नागरिकता र दशैं मान्न भनेर साहु सँग ऋण खोजेर ल्याएको नगद ३० हजार र लत्ता कपडा पूर्ण रुपमा जलेर नस्ट भएको थियो ।

विपतमा स्थानीय सरकार हरेक नागरिकको साथमा रहेको बताउँदै पालिका अध्यक्ष विवेकले न आत्तिन आग्रह गर्दै अहिले आपतकालिन सहयोग गरिएको र अन्य सहयोग अवश्यकता हेरेर गरिने बताए ।