रेष्टुरेन्टबाट खसेर कुरिनटारमा एक जनाको मृत्यु

कुरिनटार : इच्छाकामनामा रेष्टुरेन्टबाट खसेर एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारको डाडा टोल स्थित निर्माणधिन रिट्रिट रेष्टुरेन्टमा क्षतबाट खसेर सिन्धुलीको मरिण गाउँपालिका ३ कल्पवृक्षका (साविकको कल्पवृक्ष गाविस ) ६ का बुद्ध बहादुर बलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज (बुधबार विहान १० बजे वायरिङको काम गर्ने क्रममा खसेर घाइते भएका बलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
