गोरखाको सहिद लखन ४ रिन्जेली बडहरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने

गोरखा, १३ असोज । गोरखाको सहिद लखन गाउँपालिका ४ रिन्जेली बडहरेमा भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपालीहरुको महान् पर्व विजय दशमीको अवसरमा श्री लाङघाली श्रृजनशिल यूवा क्लब शहिद लखन ४ रिन्जेली बडहरे गोरखाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम हुने भएको हो ।
भलिबल प्रतियोगिताका विजेताले रु ४० हजार नगद सहिद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै दोश्रो र तेश्रो हुनेले क्रमश ः रु २५ हजार र १५ हजार नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
साथै विभिन्न विद्यागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिने छ ।
दर्ता शुल्क रु ५ हजार रहेको छ भने असोज १९ गते बेलुकी ४ बजे सम्म दर्ता गरिसक्नुपर्ने छ ।
सांस्कृतिक कार्यक्रम भने असोज २३ गते हुने छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रश्तुती रहने छ ।
कृषि तथा पशु प्रदर्शन कार्यक्रम पनि असोज २३ गते विहान १० बजे हुने आयोजकले जनाएको छ ।
