नारायणगढ–मुग्लिन सडकमा ट्रकले किचेर मोटरसाइकलमा पछाडी सवार एक जनाको मृत्यु

चितवन : चितवनमा सवारी दुर्घटना हुदाँ एक जानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा बिहिबार साँझ ६ : ५० बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–०१प १९८० नं. मोटरसाइकल आँफै अनियन्त्रित भई पल्टिदाँ सोही मोटरसाइकल पछाडी सवार भारत घर भई हाल चितवन भरतपुर २ बस्ने बर्ष १९ को महमद सकिल साहलाई बिपरित दिशा बाट आउदै गरेको लु २ ख ५५ नं. को ट्रकले कुल्चिदा घटनास्थलमा मृत्यु भएको हो । मोटरसाइकल चालक सोही स्थानका बर्ष ३० को अकवर साह भने सकुशल रहेको छ । ट्रक र चालक जि. स्याङजा गल्याङ न.पा. ८ बस्ने बर्ष ३२ को अर्जुन पचभैया मगर इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको छ ।
