प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएको छ। नेकपा माओवादी केन्द्रले उनलाई क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । २०६४ सालमा रोल्पा–२ र काठमाडौँ–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौँ–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी भएका थिए ।
