चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट

चितवन क्षेत्र नम्बर २ क बाट मन्त्री दाहालले पाए टिकट

चितवन :  वागमती प्रदेशका श्रम,रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पुन :  प्रदेशसभा चितवन क्षेत्र नम्बर २ क बाट चुनाव लड्ने भएको छ । नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा चितवन क्षेत्र नं.२ (क) बाटै मन्त्री दाहाललाई उठाउने निर्णय गरेको हो ।

जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।