दोश्रो मकैसिङकप फुटबलको उपाधी चुम्लिङटारलाई।

दोश्रो मकैसिङकप फुटबलको उपाधी  चुम्लिङटारलाई।

गोर्खाको गण्डकी गाउँपालिका १ मकैसिङमा सम्पन्न दोश्रो मकैसिङ कप फुटबल प्रतियोगिताको उपाधी चितवनको इच्छाकामना गाउँपालिका स्थित चुम्लिङटार फुटबल क्लबले हात पारेको छ।                                                                                           गत १९ गते देखि मकैसिङ स्थित टुडिखेल खेल मैदानमा चलेको नकआउट प्रतियोगितामा मुख्य दाबेदार बिदेशी खेलाडी सम्मीलित मंंगोलियन फुटबल क्लब काठमाडौलाई २-० ले पराजित गर्दै चुम्लिङ्टारले उपाधिहात पारेको हो। मंगोलियन क्लबका अग्ला र बलियो सारिरिक अबस्था भएका अफ्रिकी खेलाडी  विरुद्ध  निर्धारित ३०/३० मिनेट खेलाइएको खेलमा पहिलो हाप र दोश्रो हापमा चुम्लिङटारले  एक एक गोल गरेको थियो।                                                                                     आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा मकैसिङ फुटबल क्लब लाई ४-० ले हराउदै मंगोलियन क्लब फाइनल पुगेको थियो भने मुन्थाला फुटबल क्लब बेनिगाउँलाई ७-२ ले हराउदै चुम्लिङटारले फाइनल सम्मको यात्रा तय गरेको थियो। विजेता चुम्लिङटार फुटबल क्लबले नगद १ लाख ११ हजार एक सय एघार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेकोछ भने उपविजेता मंगोलियन क्लबले ५५ हजार पाँचसय पचपन्न सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।इ बिधागत उपाधी तर्फ उत्कृष्ट गोल रक्षक चुम्लिङटार क्लबका मनिस गुरुङ र उत्कृष्ट खेलाडी विक्की चाम्लिङ राइले जितेका छन भने उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताको उपाधी मंगोलियन क्लबका खेलाडिले हात पारेका छन।