मुग्लिङ प्रहरी प्रमुखद्वारा मातहत कर्मचारीहरुलाई निर्वाचन सुरक्षा निर्देशन ।

इलाका प्रहरी कार्यलय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक सुनजित तामांङद्वारा आफ्नो माताहतका प्रहरीहरुलाइ मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षा केन्द्रित निर्देशन प्रदान गर्नु भएको छ। निर्वाचन समय र उम्मेद्बारी समेत घोषणा भइ सकेको अबस्थालाई सुरक्षा जटिलतालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यलय मुग्लिङ माताहतका कुरिनटार, फिश्लिङ,भालु ढुंगाका प्रहरीकार्यलयमा कार्यरत प्रहरी हरुलाइ सुरक्षा रणनितीको बारेमा उनले प्रशिक्षण र निर्देशन दिएका हुन। आज बिहान मुग्लिङ प्रहरी कार्यलयमा एक कार्यक्रम बिच उहाले निर्देशन प्रदान गरेको मुग्लिङ प्रहरीको आधिकारिक फेसबुक मार्फत जानकारी गराइएको छ।
