एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा हिमलाल अधिकारी ।

कुरिनटार- माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन इछाकामना गाउँपालिका समिती दोस्रो गाउँ अधिवेशन सम्पन्न भएको छ। इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा रहेको सर्वशान्ति मा.वि. मा एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन इच्छाकामना इकाइका अध्यक्ष ईश्वर नेपालको अध्यक्षता र केन्द्रीय सदस्य रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको दोश्रो अधिवेशन बाट शिक्षक हिमलाल अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति निर्विधोर निर्वाचित भएका छन । कार्यक्रममा माओबादी निकट संगठन र जनबर्गिय संगठनका प्रतिनिधि हरुलाइ अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।
