सोना र बिकास आलेद्धारा इच्छाकामना मन्दिर निर्माणका लागि १ लाख ११ हजार१११ रुपैयाँ सहयोग

सोना र बिकास आलेद्धारा इच्छाकामना मन्दिर निर्माणका लागि  १ लाख ११ हजार१११ रुपैयाँ सहयोग

कुरिनटार  :  व्यवसायी सोना आले र बिकास आलेले निर्माणाधिन इच्छाकामना मन्दिर निर्माणका लागी नगद रु ११,१,१११( एक लाख एघार हजार एक सय एघार) सहयोग गर्नुभएको छ । मन्दिरमै पुगेर मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोरालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । चितवनको इच्छाकामना ४ कुरिनटार निवासी सोना आले सफल युवा व्यवसायी हुनुहुन्छ । साथै सोही अवसरमा माछापुच्छ्रे वैंक कुरिनटार शाखाका प्रमुख किशोर थापाले पनि रु ५,५५५ (पाँच हजार पाँच सय पचपन्न) सहयोग गर्नुभएको थियो ।