गठबन्धनका उम्मेद्वार श्रेष्ठ र दाहालद्वारा चुनावी अभियान तीव्र पार्दै, इच्छाकामनामा सम्पर्क कार्यालय स्थापना

गठबन्धनका उम्मेद्वार श्रेष्ठ र दाहालद्वारा चुनावी अभियान तीव्र पार्दै, इच्छाकामनामा सम्पर्क कार्यालय स्थापना

कुरिनटार,३१असोज । चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेद्वारहरुले चुनावी अभियानलाई तीव्र पारेका छन् । चुनावी अभियान अन्तरगत इच्छाकामनामा सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् ।
आज चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार उमेश श्रेष्ठ र क्षेत्र नम्बर २ प्रदेश क का उम्मेद्वार घनश्याम दाहालले कुरिनटारमा कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, लगायतका गठबन्धनका नेता तथा कार्याकर्ताहरुको उपस्थिति रहेका थिए । गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन एक ढिक्का भएर लागि पर्ने कांग्रेस र माओवादी केन्द्र इच्छाकामनाका स्थानीय नेताहरुले प्रतिवद्धता व्यक्त गर्दै कार्यकर्ताहरुलाई चुनावमा होमिन निर्देशन दिएका छन् ।