लेवाटारको होटलमा धादिङका सुरोज मृत भेटिए

लेवाटारको होटलमा धादिङका सुरोज मृत भेटिए

कुरिनटार :  चितवनको इच्छाकामना ४ लेवाटार स्थित ओसियन होटल (नेवारी भान्सा घर) मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उक्त होटलमा काम गर्दै आएका धादिङ घर र सुरोज नाम बताउने अन्दाजी ४०/४५ बर्ष उमेरका पुरुष होटलको बाथरुममा आइतबार साँझ ५ बजे मृत अवस्थामा फेला परेका हुन् । घर समेत जाने आउने  गरिरहेका मृतक सुरोजले धादिङ घर बताउने गरेपनि पुरा नाम ठोगाना भने नदिएको होटल सञ्चालिका सुनिता श्रेष्ठले बताए । “ पाँच महिना भयो घर नगएको उनको पुरा नाम ठोगाना समेत थाहा छैन, घर धादिङ नाम सुरोज बताउने गरेका थिए, पाँच महिना अघि भने घर जाने भनेर होटल बाट निस्कने गरेका थिए होटल सञ्चालिका श्रेष्ठ भने भनिन् फर्केर आएपछि पँच महिना भयो कतै गएको थिएन । ” सुरोजले होटलमा भाडा माझ्ने काम गर्दै आएको उनले बताइन् ।
अत्याधिक मदिरा सेवन गरेका कारण कमजोर भई बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुनजित तामाङले बताए । मृतकको परिचय नखुलेको र शवलाई भरतपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।
होटल सञ्चालिका सुनिता श्रेष्ठले मृतकको कोही आफन्त भए मोवाइल नम्बर ९८२७२५८६६६ र इलाका प्रहरी कार्यालय मुग्लिनमा सम्पर्कमा आइदिन आग्रह गरेकी छिन् ।