इच्छाकामना गाउँपालिकाद्वारा उपभोक्ता समिति,निर्माण व्यवसायी र जनप्रनितिधिलाई अभिमुखीकरण तालिम

कुरिनटार, २ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समिति,निर्माण व्यवसायी र जनप्रतिनिधिहरुलाई अभिुमखिकरण तालिम दिइएको छ । गाउँपालिकाले मंगलबार सर्बशान्ति माविको हलमा अभिमुखिकरण तालिम सम्पन्न गरेको हो ।
विकास निर्माणमा उपभोक्ता र निर्माण व्यवसायीलाई कानुनी प्रकृयामा सहज होस भन्ने उदेश्यले अभिमुखिकरण दिइएको वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताउनुभयो । उपभोक्ता समिति र निर्माण व्यवसायीहरुले कानुनी प्रकृया थाहा नहुदाँ सास्ती खेप्नु परिरहेको र मापदण्ड अनुसार काम नहुने भएकाले विकास निर्माण कार्यपूर्व नै अभिमुखीकरण तालिम दिइएको उहाँको भनाई छ ।
प्राविधिक शाखा प्रमुख, योजना शाखा प्रमुख,लेखा शाखा प्रमुख र इच्छाकामना गाउँपालिकाका प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले तालिममको सहजीकरण गर्नुभएको थियो ।
प्रशासकिय अधिकृत भुषालले मापदण्ड अनुसार काम गर्न आग्रह गर्नुभयो । सबै कागजी कानुनी प्रकृया पुरा गरि मापदण्ड अनुसार काम भए भुक्तानीमा ढिलाई नहुन उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले विगतमा कानुनी प्रकृया थाहा नहुदाँ मापदण्ड अनुसार काम नहुनुका साथै भुक्तानीमा समस्या हुदाँ उपभोक्ता समिति र निर्माण व्यवासयीहरुले सास्ती बेहोर्नु परेकाले गाउँपालिकाले अभिमुखीकरण तालिम दिइएको बताउनुभयो । गाउँपालिकाले जनताको सहजताका लागि पहिलो पटक काम हुनुपूर्व नै अभिमुखीकरण तालिमको आयोजना गरिएको बताउनुभयो । सबै वडामा यो अभिमुखीकरण तालिम आयोजना गरिने उपाध्यक्ष सिलवालले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, निर्माण व्यवसायी, वडा नम्बर ४ को जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
