तातोपानीनजिक केन्द्र विन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

तातोपानीनजिक केन्द्र विन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं :  आज दिउँसो नेपाल– चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईका अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो ।

बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।