राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको संयोजकमा जित बहादुर थापा।

कुरिनटार-पुर्व संचारकर्मि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामनामा आफ्नो संगठन बिस्तार साथै कार्यलय स्थापना गरेको छ।
बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेशगरेको दावीगर्ने राष्ट्रिय स्वतन्त्र पार्टी मंसिर ४ गते हुने आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिदै पार्टी सभापती चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेपछी सोहि क्षेत्र अन्तर्गत पर्ने इच्छाकामनामा पनि संगठन बिस्तार साथै कुरिनटारमा सम्पर्क कार्यलय स्थापना गरिएको हो। पहिलोपटक चुनावी भेटघाटको लागि इच्छाकामना आएका रवि लामिछानेले मुग्लिङ,फिश्लिङ कुरिनटारको केही स्थानमा स्थानिय सङ घर घरमै गएर भेटघाट र परिचय गरेका थिए भने कुरिनटारको इच्छाकामना मन्दिरमा उपस्तिथि जनसमुदाय हरुलाइ सम्बोधन गरेका थिए। अनौपचारिक रुपमा बिना प्रचारप्रसार इच्छाकामना आएका रवि लामिछाने प्रती इच्छाकामनाका स्थानिय हरुले अत्याधिक सद्भाव दर्शाएपछी उपस्थित जनसमुदाय हरुलाइ उनले सम्बोधन गर्दै अबस्था परिवर्तनको लागि आफुलाइ भोट हाल्दिन अनुरोध गरेका थिए।
भेटघाट र संबोधन पछि बसेको इच्छाकामना भेलाले इच्छाकामना ५ का जित बहादुर थापाको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको समिति बिस्तार गरिएको छ भने वडा कमिटी बिस्तारको जिम्मा त्यसै समितीलाई प्रदान गरिएको छ।
