आज केही स्थानमा हल्का वर्षाको सम्भावना

आज केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  :  मौसम पुर्वानुमान मशाखाका अनुसार देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू– भागका थोरै स्थानहरुमा र बाँकी भू– भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।