गठबन्धन देशको आवश्यकताले बनेको हो रहरले होइन : दाहाल

गठबन्धन देशको आवश्यकताले बनेको हो  रहरले होइन :  दाहाल

चितवन : चितवन क्षेत्र नम्बर २ (क )का उमेदवार घनश्याम दाहाल अविनास ले ले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताउनुभएको छ । पदमपुरको २०० विगामा पर्ने शान्ति चोकमा मा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो ।

“संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो”, दाहालले भन्नुभयो, “प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि सङ्घर्ष गर्दै जानुपर्ने दायित्व हाम्रो सामु छ ।” सत्ता गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ (क ) बाट उम्मेदवार बन्नुभएका दाहालले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो ।

जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई / दुई पटक संसद् भङ्ग गरेको दृष्टान्त सुनाउँदै उहाँले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताउनुभयो । दाहालले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चितवनका सबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभयो ।